• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

बीस अङ्कले घट्यो नेप्से



काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ ।

आज दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता शेयर ३२ हजार चार सय १४ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २० करोड ७१ लाख २२ हजार छ सय बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५४ दशमलव ९९ र निजीवन बीमा समूहको उपसूचक ४७ दशमलव २४ अङ्कले घटेको छ । बैंकिङ समूह २३ दशमलव ८९, होटल तथा पर्यटन समूह १८ दशमलव ९१, जलविद्युत् समूह ४१ दशमलव ६८, लगानी समूह शून्य दशमलव ७४ र जीवन बीमा समूह ३६ दशमलव ७४ अङ्कले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ३५ दशमलव ७२, लघुवित्त समूह ३५ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०२ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ ।

आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९६ प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६१ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको रू पाँच करोड पाँच लाख ६२ हजार बराबरको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेड प्रमोटर शेयर एक लाख ७४ हजार छ सय १० कित्ता किनबेच भएको छ । रासस