२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सांसद पौडेलको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भिर समस्याहरु देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गर्नु भएको हो ।

कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति पछिल्लो समय देखा परेको उल्लेख गर्दै सांसद पौडेलले सो समस्यालाई गम्भिरपूर्वक लिन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले व्यवस्थापकीय पक्षमा चुक्दा नेपालको हवाई क्षेत्रमा बढि दुर्घटना हुने गरेको उल्लेख गर्दै त्यसलाई किन गम्भिरतापूर्वक नलिएको भनि सरकारलाई प्रश्न समेत गर्नु भयो । उहाँले हवाई सुरक्षाको विषयलाई हरेक मुलुकले उच्च प्राथमिकता राख्ने गरेपनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखवर जस्तै बन्नु दुखद रहेको पनि बताउनु भयो ।

सांसद पौडेलले भन्नु भयो, ‘पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भिर त्रुटीहरु देखिएका छन् । कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति बनेको छ । हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुवई बाट काठमाडौं उडनै लाग्दा पाईलटलाई पखाला चलेपछि ५४३ यात्रु अलपत्र परे । पछिल्लो रिर्पोटले प्रष्ट भन्छ: नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारण भन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढि दुर्घटनाहरु हुन्छन ।’

‘तर, सम्बन्धित निकायको नेतृत्व यस विषयमा बेखवर जस्तै छ । सभामुख महोदय, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राखेका छन । तर हाम्रोमा यस विषयलाई किन गम्भिरतापूर्वक लिईदैन ? यसै त नेपालको हवाई क्षेत्र गम्भिर सुरक्षा चासोको विषयबाट हटेको छैन । त्यसमाथि यति धेरै लापरबाही गर्दा भएको गरिमा पनि गुम्न पुग्छ । त्यसैले यस सम्मानित संसदमार्फत् म सरकारलाई आग्रह गर्न चाहन्छु–हवाई क्षेत्रमा देखिएका समस्यालाई गम्भिरपूर्वक लिइयोस् । उचित व्यवस्थापनका लागि दिगो समाधान खोजियोस् ।’

सांसद पौडेलले सरकारले मुलुकको हवाई क्षेत्रको गरिमा थप गुम्न नदिने गरी उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।