३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.06

Wind: 5.14

Humidity: 50

Latest
सरकारसँग विश्वप्रकाश शर्माका असहमतिका सात बुँदा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान हङकङ ११५ मा अलआउट, नेपाललाई ११६ रनको लक्ष्य कर वृद्धिबारे निर्णय अब चीनको हातमाः ट्रम्प ‘आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता’ एकले अर्कोलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि बढौँः अध्यक्ष भट्टराई सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए सुनको मूल्य निरन्तर उकालोः आज तोलाको रू एक लाख ८७ हजार कायम स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्डिङको क्रममा घाइते भएका विलियम्सनले आइपिएल गुमाउने



अ+ अ-

काठमाडौँ । गुजरात टाइटन्सका प्रमुख ब्याट्सम्यान केन विलियम्सन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् ।
शुक्रबार राती भएको चेन्नई सुपर किंग्सविरुद्धको पहिलो खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएपछि विलियम्सनले आइपिएल २०२३ गुमाएका छन् ।

शुक्रबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा फिल्डिङ गर्नेक्रममा विलियम्सनको बायाँ घुँडामा चोट लागेको थियो ।
टाइटन्सका तीव्र गतिका बलर जोशुवा लिटिलको बलमा डिप स्क्वायर लेगमा ऋतुराज गायकवाडले हानेको सट छक्का बचाउन खोज्दा उनी घाइते भएका थिए ।

उत्कृष्ट फिल्डिङ गरेका विलियम्सनले उक्त बलबाट छक्का हुन बचाउँदै टोलीको महत्वपूर्ण दुई रन रोकेका थिए । तर ल्यान्डिङ गर्नेक्रममा दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो । त्यसपछि उनले मैदान छाडेका थिए । उनको स्थानमा गुजरातले इम्प्याक्ट प्लेयरको रुपमा साइ सुदर्शनलाई खेलाएको थियो ।

गुजरातले विलियम्सनले आइपिएल २०२३ को पुरै खेल गुमाउने औपचारिक रुपमा बताएको छ । विलियम्सनले हैदराबादपछि पहिलो पटक गुजरातबाट खेलेका थिए ।

न्युजिल्यान्डका कप्तान समेत रहेका विलियम्सनले २०१५ देखि २०२२ सम्म आइपिएलमा हैदराबादबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनलाई हैदराबादले फुकुवा गरेपछि अक्सनमा गुजरातले न्यूनतम २ करोड भारुमा किनेको थियो ।

विश्व क्रिकेटकै एक सफल कप्तान विलियम्सनले ७७ आइपिएल खेलमा १८ अर्धशतकसहित कुल २ हजार १ सय १ रन बनाएका छन् ।उनलेले २०१८ को सिजनमा हैदराबादबाट ७ सय ३५ रनका साथ ओरेन्ज क्याप पनि जितेका थिए ।

न्युजिल्यान्डले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्दैछ । तर, विलियम्सन घाईतेपछि उनले खेल्न सक्ने वा नसक्ने चिन्ता बढेको छ । उनले खेल्न नसके न्युजिल्यान्डलाई ठूलो प्रभाव पर्नेछ ।