५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सका पाइलट बिरामी हुँदा दुबई उडान ११ घण्टा डिले



अ+ अ-

काठमाडौँ । नेपाल एयरलाइन्सका पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौँ–दुबई उडान ११ घण्टा डिले भएको छ ।

शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ । यो जहाज दुबई उड्ने क्रममा छ ।

उक्त उडानमा तोकिएका एक पाइलटले बिरामी भएको एयरलाइन्सले बताएको छ ।

विकल्पमा अर्को पाइलटसमेत उपलब्ध हुन नसकेपछि उडान ११ घण्टा सम्म डिले हुन पुगेको हो । एयरलाइन्सले ‘उडान रद्द नभई डिले मात्र भएको बताएको छ ।

वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए । उनीहरुलाई राति विभिन्न होटेलमा राखी बिहान विमानस्थल पुर्‍याइएको छ ।




भर्खरै