५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

अप्पर ब्रम्हायणी जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत सुनिश्चित

अप्पर ब्रम्हायणी  जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत सुनिश्चित
अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको वडा नम्बर २ र ३ मा निर्माण हुने ब्रम्हायणी (३५.४७ मेगावाट) र अप्पर ब्रम्हायणी (१५.१५ मेगावाट) जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत सुनिश्चित भएको छ।

इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिले निर्माण गर्ने दुबै आयोजनामा सानिमा, सिद्धार्थ, कुमारी, लक्ष्मी, प्रभु बैंक र मञ्जुश्री फाइनान्सले ऋण लगानी गर्ने भएका हुन्। ति बैंक तथा वित्तीय संस्था र इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालबीच लगानी सम्झौतासम्बन्धि सहमति-पत्रमा हस्ताक्षर भएको छ।

ललितपुरको हिमालय होटलमा आज आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट अध्यक्ष भरतप्रसाद पराजुली र ति बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले सम्झौतासम्बन्धि सहमति-पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ब्रम्हायणी आयोजनामा सानिमाले २४.७८, सिद्धार्थले १८.५८, कुमारीले १५.०४, लक्ष्मीले १४.१६, प्रभुले १०.६२ र मञ्जुश्री फाइनान्सले ३.५४ प्रतिशत ऋण लगानी गर्न लागेका हुन्। यो आयोजनामा हाडड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले ८.८५ प्रतिशत लगानी गर्नेछ।

त्यस्तै, अप्पर ब्रम्हायणी आयोजनामा सानिमाले २४.७०, सिद्धार्थले २९.२९, कुमारीले १२.५५, लक्ष्मीले १२.५५ प्रभुले ८.३७ र मञ्जुश्री फाइनान्सले १.१८ प्रतिशत ऋण लगानी गर्ने छन्।

बैंक तथा वित्तीय संस्था र प्रवर्धकको सहित ब्रम्हायणीमा ७,३४०,११६,००० र अपर ब्रम्हायणीमा ३,१२४,१६२,००० रुपैयाँ लगानी हुनेछ।

दुबै आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७५ र प्रतिशत सेयरधनी प्रवर्धकले २५ प्रतिशत लगानी गर्नेछन्। आयोजनाबाट विद्युत उत्पादन भएपछि स्थानीय तथा सर्वसाधारणका लागि शेयर जारी गरिने इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालका अध्यक्ष भरतप्रसाद पराजुलीले जानकारी दिनुभयो।

हाल आयोजनास्थल पुग्ने पहुँचमार्ग निर्माणको काम भइरहेको छ। अध्यक्ष पराजुलीले २०८२ कात्तिक मसान्तसम्म आयोजना सम्पन्न हुने लक्ष्य राखिएको जानकारी पनि दिनुभयो। दुबै आयोजनाबाट उत्पादित विद्युत जुगल गाउँपालिकामा निर्माणाधिन पाङताङ सव-स्टेशनमा जोडिनेछ।

दुबै आयोजनाको निर्माणपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अति विकट क्षेत्रका रुपमा परिचित तेम्बाथान, तेगा, दीपु र साङलिङलगायत ठाउँका स्थानीयको जीवनस्तरमा सुधार आउने इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालको अपेक्षा रहेको लगानी सम्झौता कार्यक्रममा अध्यक्ष पराजुलीले जानकारी दिनुभयो।