५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौं: उपप्रधानमन्त्री खड्का



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षहरुसँगको छलफलबाट आफू अघि बढ्ने बताउनु भयो । उहाँले सामुहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने बताउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्युनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकताहरु, सरकारका महत्वपूर्ण नीतिगत सुधारका कामहरु अघि सार्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो मन्त्रालय महत्वपूर्ण छ, यसलाई बुझेर नै मैले आफ्ना कामहरु प्रधानमन्त्रीज्युको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरु, नेपाली सेनाको प्रधानसेनापति लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिहरुसँग छलफल गर्नेछौँ । हामी सामुहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौँ । हामीले न्युनतम साझा कार्यक्रमको तयारी गर्दैछौँ । मस्यौदा तयार भएको छ । सरकार बिस्तार गर्ने काम लगभग सम्पन्न भएको छ । केही दिन भित्रमा नै न्युनतम साझा कार्यक्रममार्फत ल्याउनेछौँ । सरकारको न्युनतम साझा कार्यक्रम केही दिन भित्रमा नै सार्वजनकि गर्छौं । त्यसबाट नै सरकारका प्राथमिकताहरु, सरकारका महत्वपूर्ण नीतिगत सुधारका विषयहरु, लगायत समग्र विषयमा हामी केन्द्रित हुनेछौँ ।’

मन्त्री खड्काले अबको केही दिनभित्र सरकारको न्युनतम साझा कार्यक्रम ल्याइ देशको सम्पूर्ण परिस्थितिमा केन्द्रित हुने बताउनु भयो ।