६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले ‘फाइनल’



अ+ अ-

काठमाडौं । वैशाख १० मा हुन गइरहेको उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने टुंगो लागेको छ ।

उपनिर्वाचनमा उम्मेदवारका लागि रास्वपाभित्र नाम दर्ता गरेका २ जनाले नाम फिर्ता लिएसँगै वाग्ले सर्वसम्मत उम्मेदवार चयन भएका हुन् ।

उम्मेदवारको आकांक्षी रहेका इश्वर लामिछाने र डा. रुपक विक घिमिरेले नाम फिर्ता लिएपछि स्वर्णिम निर्विरोध उम्मेदवार चयन भएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

आकांक्षी अन्य उम्मेदवारहरुबीच पार्टीभित्र भएको छलफलमा सहमति मै लामिछाने र घिमिरेले नाम फिर्ता लिएका हुन् । हिजो बिहीबार मात्रै वाग्लेले नेपाली कांग्रेससँगको सहयात्रा टुंग्याएको घोषणा गरेका थिए ।