२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले ‘फाइनल’



अ+ अ-

काठमाडौं । वैशाख १० मा हुन गइरहेको उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने टुंगो लागेको छ ।

उपनिर्वाचनमा उम्मेदवारका लागि रास्वपाभित्र नाम दर्ता गरेका २ जनाले नाम फिर्ता लिएसँगै वाग्ले सर्वसम्मत उम्मेदवार चयन भएका हुन् ।

उम्मेदवारको आकांक्षी रहेका इश्वर लामिछाने र डा. रुपक विक घिमिरेले नाम फिर्ता लिएपछि स्वर्णिम निर्विरोध उम्मेदवार चयन भएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

आकांक्षी अन्य उम्मेदवारहरुबीच पार्टीभित्र भएको छलफलमा सहमति मै लामिछाने र घिमिरेले नाम फिर्ता लिएका हुन् । हिजो बिहीबार मात्रै वाग्लेले नेपाली कांग्रेससँगको सहयात्रा टुंग्याएको घोषणा गरेका थिए ।