४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु– प्रधानमन्त्री(भिडियोसहित)



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताउनुभएको छ ।

शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनमा उहाँले मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिने बताउनुभयो ।

“यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु ।”।

उहाँले अझै पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छ । प्रधानमन्त्री भएको ३ महिनामा उहाँले शुक्रबार सातौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।