५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

श्रीलंका सोझै विश्वकपमा स्थान बनाउन चुक्यो, नेपालले जस्तै छनोट खेल्ने

श्रीलंका सोझै विश्वकपमा स्थान बनाउन चुक्यो, नेपालले जस्तै छनोट खेल्ने
Sri Lanka's players celebrate with the trophy at the end of the Asia Cup Twenty20 international cricket final match between Pakistan and Sri Lanka at the Dubai International Cricket Stadium in Dubai on September 11, 2022. (Photo by KARIM SAHIB / AFP) (Photo by KARIM SAHIB/AFP via Getty Images)
अ+ अ-

एजेन्सी । श्रीलंकाले आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी एकदिवसीय विश्वकपमा स्थान बनाउनका लागि छनोट खेल्ने भएको छ ।

आइसिसी सुपर लिगको अन्तिम खेलमा श्रीलंकाले घरेलु टोली न्युजिल्यान्डसँग ६ विकेटको हार ब्यहोरेसँग सोझै विश्वकपमा स्थान बनाउने सम्भावना समाप्त भएको हो । विश्वकपमा छनोट हुनका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा श्रीलंकाले सहभागीता जनाउने छ ।

श्रीलंकाले सुपर लिग मा २४ खेलमध्ये ७ मा जित र १३ मा हारसहित ८१ अंकका साथ नवौं स्थानमा अन्त्य गर्यो । योसँगै अपौचारिक रुपमा छनोट खेल्ने पक्का भएको छ । सुपर लिगको नियम अनुसार आयोजक भारतसहित शीर्ष आठ टोलीले मात्रै विश्वकपमा सोझै स्थान बनाउछन् ।

भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र इंग्ल्यान्ड गरि ७ टोली सोझै विश्वकपमा पुगि सकेका छन् । अब वेस्ट इन्डिज, आयरल्याण्ड र दक्षिण अफ्रिका मध्ये एक टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । वेस्ट इन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ । दक्षिण अफ्रिका १९ खेलमा ७ मा जित र १३ मा हारसहित ७८ अंकका साथ १० औं स्थानमा छ । आयरल्याण्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंक्का साथ ११ औं स्थानमा छन् ।

आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली र क्वालिफायर प्लेअफका शीर्ष दुई गरि कुल १० टोली हुनेछन् । सुपर लिगबाट श्रीलंका, जिम्बावे र नेदरल्यान्ड्सले छनोट खेल्ने पक्का भएको छ । अब दक्षिण अफ्रिका, आयरल्याण्ड र वेस्टइन्डिज मध्य दुई टोलीले छनोट खेल्नुपर्ने हुन्छ ।

लिग २ मा नेपाल, स्कटल्याण्ड र ओमानले विश्वकप छनोटमा स्थान बनाई सकेका छन् । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली अमेरिका, नामिबिया, युएई, पपुवा न्युगिनीसँगै च्यालेन्ज लिग ए र बी का विजेता क्यानडा र जर्सीबीच प्रतिस्पर्धा जारी छ । जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

श्रीलंकाले दिएको १ सय ५८ रनको लक्ष्य घरेलु टोली न्युजिल्याण्डले ३२.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका लागि विल योंगले १ सय १३ बलमा अविजित ८६ रनको अर्धशतकीय ईनिङ्स खेले । उनले ११ चौका प्रहार गरे । यस्तै, हेनरी निकोलस. ५२ बलमा ४४ रनसहित अविजित रहे । श्रीलंकाका लागि लाहिरु कुमाराले २ तथा कासुन रजिथा र कप्तान दासुन शनकाले समान १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४१.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो । उसका लागि ओपनर पथुम निशंकाले ६४ बलमा ५७ रनको अर्धशतकीय ईनिङ्स खेले । कप्तान दासुन शनकाले ३१ रन जोड्दा चमिका करुणरत्ने २४ रनमा आउट भए ।

धनन्जय डी सिल्भाले १३ रन बनाउँदा श्रीलंकाका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । न्युजिल्याण्डका लागि म्याट हेनरी, हेनरी शिप्ले र ड्यारेल मिचेलले समान ३/३ विकेट लिए ।