• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः खेलाडीको भिसाको टुंगो छैन नगरप्रमुखलाई निम्तो ★   बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति ★   कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार ★   साँच्चीकै कुन ठाउँमा छ ‘पञ्चायत’को फुलेरा गाउँ ? ★   सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: नि:शुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन ★   शाहिद–मीराले मुम्बईमा ६० करोडको नयाँ घर किने ★   बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन ★   दिल्लीका यी ब्याट्सम्यानले बनाए आईपीएलभर मात्र ३ रन, हरेक रनको मूल्य २.४ करोड ★   सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त ★   हार्दिकको साथमा उभिँदै हरभजनले भने – उनले कठिन समय झेलिरहेका छन्

आजदेखि सुरु हुँदै आईपीएल, साविक विजेता गुजरात र चार पटकको च्याम्पियन चेन्नई भिड्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आज शुक्रबाबाट सुरु हुँदैछ । उद्घाटन समारोह साँझ ६ः१५ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

यसपछि साँझ ७ः४५ बजेदेखि साविक विजेता गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।

४ वर्षपछि आईपीएलको उद्घाटन समारोह हुनेछ र ३ वर्षपछि घरेलु र अवे ढाँचामा प्रतियोगिता खेलाइनेछ । अर्थात् टोलीले लिगका ७ खेल आफ्नो घरेलु मैदानमा र बाँकी लिग खेल विपक्षी टोलीको घरेलु मैदानमा खेल्नेछन् ।

चारपटकको च्याम्पियन चेन्नई
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स टोली प्रतियोगिताको सबैभन्दा सफल टोली मध्ये एक हो । टोलीले प्रतियोगितामा मुम्बईपछि सबैभन्दा बढी ४ उपाधि जितेको छ । टोली १३ मध्ये ११ सिजनमा चेन्नईले प्लेअफको यात्रा तय गदा ९ पटक फाइनल खेलेको छ । गत सिजन १४ मध्ये टोलीले ४ खेल मात्र जित्न सकेको थियो । जसका कारण उसले ९ नम्बरमा रहेर प्रतियोगिता समाप्त गर्नु परेको थियो ।

टोलीमा चार विदेशी खेलाडीमा बेन स्टोक्स, मोइन अली, डेभोन कोनवे, मिचेल सान्टनर र ड्वेन प्रिटोरियमले खेल्न सक्नेछन् । महिश टेकशाना उद्घाटन खेल.को लागि उपलब्ध छैनन् । यिनीहरू बाहेक ऋतुराज गायकवाड, रविन्द्र जडेजा, दीपक चाहर र शिवम दुबेजस्ता भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाउनेछन् ।

गुजरातमाथि उपाधि रक्षाको दबाब
गत सिजनमा लखनऊ र गुजरातबाट २ नयाँ टोली थपिएका थिए । दुवै प्लेअफमा पुगेपनि गुजरातले उपाधि जितेर सबैलाई चकित बनायो । यसपटक पनि करिब–करिब सोही खेलाडीसहित टोलीले प्रतियोगिता खेल्दैछ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातमा राशिद खान, राहुल तेवाटिया जस्ता शीर्ष श्रेणीका अलराउन्डरहरू पनि छन् ।

टोलीका ४ विदेशी खेलाडी म्याथ्यु वेड, केन विलियम्सन, राशिद खान र अल्जारी जोसेफ हुन सक्छन् । डेभिड मिलर उद्घाटन खेलका लागि अनुपलब्ध छैनन् । यिनीहरू बाहेक शुभमन गिल, यश दयाल र मोहम्मद शमी जस्ता शीर्ष श्रेणीका भारतीय खेलाडीहरूले पनि टोलीलाई बलियो बनाउनेछन् ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सको यो दोस्रो सिजन मात्र हो । पहिलो सिजनमा टोलीले सबैलाई चकित पारेको थियो । त्यसपछि दुवै टोली लिग चरणमा दुई पटक आमनेसामने भएका थिए । दुवै खेल गुजरातले जितेको थियो । कोरोनाका कारण पूरै प्रतियोगिता महाराष्ट्रका ३ स्टेडियममा खेलिएको थियो, यस्तो अवस्थामा दुवै टोली महाराष्ट्रमा नै आमनेसामने भएका थिए ।

नरेन्द्र मोदी स्टेडियममा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् । यस्तो अवस्थामा यी दुईबीचको प्रतिस्पर्धा रोमाञ्चक हुनेछ ।

दुबै टोलीको सम्भावित प्लेइङ – ११
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, म्याथ्यू वेड (विकेटकीपर), साई सुदर्शन, केन विलियम्सन, राहुल तेवाटिया, राशिद खान, आर साई किशोर, यश दयाल, अल्जारी जोसेफ र मोहम्मद शामी ।

चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तान र विकेटकीपर), डेभोन कोनवे, ऋतुराज गायकवाड, बेन स्टोक्स, अम्बाती रायडु, मोइन अली, रवीन्द्र जडेजा, शिवम दुबे, ड्वेन प्रिटोरियस/मिचेल सैन्टनर, दीपक चाहर र सिमरजीत सिंह ।