८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नामिबियाले दिएको लक्ष्य अष्ट्रेलियाले १० ओभरमै भेट्टायो

नामिबियाले दिएको लक्ष्य अष्ट्रेलियाले १० ओभरमै भेट्टायो
अ अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को अभ्यास खेलमा मंगलबार अष्ट्रेलियाले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । त्यस्तै, बंगलादेश र आयोजक अमेरिकाबीचको खेल भने खराब मौसमका कारण रद्द भएको छ ।

पोर्ट अफ स्पेनमा भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन बनाएको थियो । अष्ट्रेलियाले १० ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नर (५४ रन), जसले आईपीएल २०२४ मा खराब फर्मसँग संघर्ष गरिरहेका थिए, उनले एक अविजित अर्धशतक बनाए । अष्ट्रेलियाले अब दोस्रो अभ्यास खेल वेस्ट इन्डिजसँग मे ३० मा खेल्नेछ ।

एक समय नामिबियाको ७५ रनमा अस्ट्रेलियाले ७ खेलाडीलाई प्याभिलियन पठाएको थियो । त्यसपछि ८ नम्बरमा ब्याटिङ गर्न आएका विकेटकिपर ब्याट्सम्यान जेन ग्रीनले ३८ रनको इनिङ खेल्दै नामिबियालाई एक सय रनभन्दा माथि पुर्याएका थिए ।

जेन ग्रीनसँगै नम्बर ९ ब्याट्सम्यान मालन क्रुगर (१८) र १० नम्बर ब्याट्सम्यान देविज भिजे (१२) ले योगदान दिए । अष्ट्रेलियाका लागि एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए । जोस हेजलवुडले २ विकेट लिए । टिम डेभिड र नाथन एलिसले एक–एक विकेट लिए । क्रुजर र भिजे रन आउट भए ।

१२० रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले राम्रो सुरुवात गरेको थियो । कप्तान मिचेल मार्स र डेभिड वार्नरले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरे । मिचेल मार्स १८ रन बनाएर आउट भए भने जोस इंग्लिस ५ रन बनाएर आउट भए । यसपछि वार्नर र टिम डेभिडले ४६ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई जितको नजिक पुर्याएका थिए ।

डेभिड (२३) आउट भएपछि वार्नर र म्याथ्यु वेड (१२) ले आफ्नो टोलीलाई जित दिलाए । वार्नरले २० बलमा आफ्नो अर्धशतक पूरा गरे ।

यस वर्षको टी–२० विश्वकप जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । जुन २९ सम्म चल्ने प्रतियोगिता अष्ट्रेलियाले जुन ६ मा ओमानसँग आफ्नो पहिलो खेल खेल्नेछ । जुन ८ मा टोलीले इंग्ल्याण्डसँग खेल्नेछ भने जुन १२ र १६ मा नामिबिया र स्कटल्याण्डसँग खेल्नेछ ।