१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा एसईई परीक्षा सुरु भएको १५ मिनेटमै फेसबुकबाट प्रश्नपत्र आउट



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । बारामा एसईई परीक्षा सुरू भएको १५ मिनेटमै प्रश्नपत्र आउट भएको छ ।

आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा मावि परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र फेसबुकबाट आउट भएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले प्रश्नपत्र कसले आउट गरेको विषयमा केही नखुलेको बताए । उनले यसबारे अनुसन्धान भईरहेको जानकारी दिए । ‘परीक्षा सुरू भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिर आयो । च्यूटाँहा मावि परीक्षा केन्द्रका केन्द्राध्यक्षले यहाँबाट आउट नभएको भनेका छन् । हामी अनुसन्धानमा लागेका छौं’, उनले भने ।