२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनः मुख्य निर्वाचन अधिकृत नियुक्त



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुने गरी उहाँहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।

न्याय परिषद्को परामर्शमा चितवन क्षेत्र नं २ मा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं २ मा जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं १ मा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई आज नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै यही चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । निर्वाचनका सबै कार्यक्रम ती कार्यालयबाट सञ्चालन हुनेछन् । रासस