१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

संक्रमणकालिन न्यायको विषय अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अगाडी बढ्नुपर्छः अध्यक्ष ओली

संक्रमणकालिन न्यायको विषय अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अगाडी बढ्नुपर्छः अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषय अन्तर्राष्ट्रिय स्तरमा मान्य हुनेगरी अगाडी बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अगाडी बढाउनुपर्ने बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुनेगरी सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा अगाडी बढ्नुपर्ने बताउनु भयो । त्यस्तै पीडितले न्याय पाउनुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले पीडितलाई न्याय नदिने गरी फास्ट ट्रयाकको नाममा अगाडी बढाउन खोजिएको भन्दै त्यसो गरिएमा आफूहरुले बिरोध गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अन्तर्राष्ट्रिय रुपमा विश्व समुदायलाई मान्य हुने हो । विभिन्न देशमा अपनाइएको विधिहरु छन् । अन्तर्राष्ट्रिय मापदण्ड छ यसको । त्यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार, अन्तर्राष्ट्रिय समुदायलाई पनि मान्य हुनेगरी । हाम्रो सर्वोच्च अदालतले फैसला गरेको छ, त्यसको आधारमा । दण्डहिनता भयो भन्ने होइन, दण्डहिनताको अन्त्य गरिएको छ भन्ने हुनेगरी । पीडितले परिपूरण र न्याय पाउनेगरी । उनीहरुको घाउमा मल्हमपट्टी लगाउनेगरी । यि कुराहरु मैले राखेको छु ।

पीडित केन्द्रित हुनुपर्छ । अहिले गर्न खोजेको के भन्दा, पीडितले न्याय पाउने पीडित केन्द्रित कुरा हो । पीडितलाई न्याय नदिएर या बलजफ्ती सहमति भयो भनेर दबाइएर, राज्यसत्ताको दुरुपयोग गरेर, त्यसरी गर्न मिल्दैन । अहिले फास्टट्रयाक भन्ने ? फाष्टट्रयाक किन ? १८ वर्ष बित्यो । एक महिनामा हुन्छ भन्ने दुई दिनमा तपाई छलफल नै गर्न नदिइकन बहुमत छ, भनेर यसप्रकारको मजाक गर्न पाउनुहुन्छ तपाई नेपाली जनतासँग ? संसदजस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढंगले छलफल पनि नगरीकन फास्टट्रयाक तपाईलाई अहिलेको अहिले किन चाहियो ? यसको बिरोध हुन्छ । यदी यस ढंगले, गलत ढंगले चल्न खोजियो भने सहमति हुन सक्दैन । बिरोध हुन्छ ।’

अध्यक्ष ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाउँदै सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिनुभयो । माओवादीहरुले गरेको युद्ध जनयुद्ध नभएर हिंसा भएको उहाँको भनाई छ । उहाँले हिंसा दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन नसकिने बताउनु भयो । उहाँले शहीद घोषणा पनि सरकारले छानबिन नगरीकन गरेको भन्दै त्यसको विरोध गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘०५२ सालदेखि नै जनयुद्ध होइन भनेर जनयुद्धको बिरोध गरिराखेको हो । गलत बाटो भनेको । र मैले यसको लगातार बिरोध गरेको छु । जनयुद्ध नै होइन । त्यो एउटा सेन्टिमेन्टमा आएर अब नेताको के स्वार्थ हो, कार्यकर्तालाई सेन्टिमेन्टमा महान परिवर्तन गरिन्छ भनेर लगाइएको थियो । उनीहरुको दोष छैन । तर नेताहरुले जे गरे त्यो जनयुद्ध थिएन । जनयुद्ध त्यसलाई भनिदैनँ । त्यो एउटा हिंसा थियो । त्यस हिंसाले द्वन्द्व जन्मायो । दुखद् परिणाममा देश पुग्यो । त्यसको हामीले व्यवस्थापन ग¥यौँ । जनयुद्ध भएको भए सफल पार्नुपथ्र्यो । ५७ सालमा मैले माओवादी आन्दोलन पनि होइन एउटा समाधान हो जसको समाधान गर्नुपर्छ भनेको थिएँ ।

हामीले कहिलेपनि त्यसलाई महान जनयुद्ध भनेका छैनौँ । महान जनयुद्ध भनेर बिदा गर्ने, राष्ट्रको उत्सव हो भनेर सत्ताको दुरुपयोग गरेर उधुम मच्चाउने, सरकारमा मेरो पार्टी छदाँछँदै प्रचण्डले एकतर्फी रुपमा त्यो गर्नुभयो । मैले उहाँलाई आलोचना गरेँ । मैले त्यतिबेला पनि ठिक भनेको छैन । फागुन १ गते नेपाली जनताले हिंसा दिवसलाई कुन राष्ट्रिय उत्सव हो भनेर मनाउने ? अनि राष्ट्रिय उत्सव भनेर बिदा दिएर अबदेखि वार्षिक क्यालेण्डरमा रहन्छ । त्यो क्यालेण्डरबाट उडाइनेछ । यस्तो कुराहरु । त्यो क्यालेण्डर स्यालेण्डरमा गरेर हुन्छ ? राष्ट्रिय उत्सव, राष्ट्रिय चाड, राष्ट्रिय पर्व हुन्छ ? हिंसा । यो वाहियात काम हो । शहीद घोषणा गर्ने ? कहाँ छानबिन ग¥यो को–को शहीद हो ? को–को होइन ?’

अध्यक्ष ओलीले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा भारतले नेपालको सीमा मिचेको विषय उठ्ने नउठ्ने हो त्यो हेरिरहेको बताउनु भयो । सीमा मिचिएको विषय साउती गर्ने विषय नभएको भन्दै उहाँले सार्वजनिक रुपमा छलफल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो कुनै गोप्य साउती गर्नुपर्ने कुरा हो ? हाम्रो देशको भूमि खुम्चिएको छ । हाम्रो नक्शा अलि भित्रसम्म आउने स्थिति बनेको छ । अझ खुम्चिएको छ भने यो कुरा कानमा साउती गरेर खुसुखुसु गर्ने विषय हो र ? यो सार्वजनिक रुपमा छलफल गर्ने विषय होइन ? नेपाली जनतालाई जानकारी गराउनुपर्ने विषय होइन ? र हाम्रा मित्रहरुबाट गल्ती भएको छ भनेपनि तपाईबाट यो गल्ती भयो, यो सच्याउनुस् भन्ने कुरा होइन र ? खुलस्त । अनि मिच्दाखेरी चाहीँ खुलेआम मिच्नु हुने, मिच्यो भन्न चाहीँ नपाइने अनि त्यो चाहीँ कानमा भन्नुपर्ने ? यस्तो पनि हुन्छ । यो त हेर्नु नै छ । उहाँको भ्रमण त हेर्नु नै छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले कुनैपनि राम्रो काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।