• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’ ★   एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने ★   स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ★   ९२ हजार विस्थापितका घर बन्नै बाँकी ★   बोलेरो गाडी र मोटरसाइकल जुध्दा झापामा तीन जनाको मृत्यु ★   हिमाल पारीको जिल्ला मुस्ताङको सौन्दर्य (फोटो फिचर) ★   लगानी सम्मेलनमा ५२ देशका ६३४ जना आउने निश्चित ★   डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप, वन्यजन्तु गाउँ पसे ★   दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता हुँदै ★   चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

स्वर्णिमको सन्देशः देउवा–आरजु गिरोहको अपमान सहेर बस्न सकिनँ



काठमाडौँ । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले देउवा–आरजु (शेरबहादुर देउवा र आरजु राणा)गिरोहको निरन्तरको हेपाइ र अपमानले पार्टी परित्याग गर्नुपरेको बताएका छन् ।

वाग्लेले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाउँदै पार्टीमा रहन नसक्ने अवस्था आएको उल्लेख गरेका छन् ।

‘प्रिय दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ उनले भनेका छन् ।

यसप्रकारको निर्णय लिनुअघि नेताहरुसँग भेटघाट र छलफल नगरेको प्रस्ट पार्दै वाग्लेले गगन थापासहितका केही नेताहरु पार्टीको निर्णायक हैसियतमा रहेको दिन जोडिन सक्ने आशा भने कायमै रहेको बताएका छन् ।

‘हजुरहरूसँग भेटेको भए निश्चय पनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ’, उनले भनेका छन् ।

‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु’, वाग्लेको भनाइ छ ।

स्रोतका अनुसार स्वर्णिम रास्वपाबाट उपचुनावमा उम्मेदवार बन्ने मनस्थितिमा पुगिसकेको बताइएको छ । उनी तनहुँ १ बाट उपचुनावमा उठ्ने चर्चा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरको चुनावमै स्वर्णिमलाई काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव समेत गरेको थियो ।