२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशीसामु प्रधानमन्त्रीले सत्ताका लागि तावेदारी गरे: एमाले अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि प्रधानमन्त्रीले विदेशीको तावेदारी गरेको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्बलले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रो भूमि खुम्चँदो छ, राष्ट्रिय स्वाधीनता कमजोर भएको छ । यस्तो कुरामा प्रधानमन्त्रीले बोलको कतै सुनिँदैन ।”

उहाँले भन्नुभयो, “प्रधानमन्त्री विदेश जाँदै हुनुहुन्छ भन्ने सुनेको छु, यस्तो भ्रमण आफनो अधिकारको दाबेदारी कि तावेदारीका लागि हुँदैछ । यस्ता कुरामा प्रधानमन्त्री यहाँ त बोल्न सक्नु हुन्न उता गएर के बोल्नु हुन्छ ?”

अहिले विभिन्न पार्टपुर्जा जोडेर अप्राकृतिक ढंगले १० दलीय कृत्रिम सरकार बनाइएको छ भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “न सिद्धान्त मिल्छ, न नीति मिल्छ । सरकारको गन्तव्य स्पष्ट छैन । अवसरको फाइदा लिएर हाडा छालामात्र रहेको देशबाट सिरिन्ज घुसारेर रगत लिने प्रयास भइरहेको छ ।”

यसले मलुकललाई झन ओरालो लगाउने भन्दै उहाँले जनतालाई भ्रममा पर्न नदिन, देश र जनताको हितमा प्रयोग गर्न सञ्चारमाध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सञ्चारमाध्यमले आफ्नो भूमिकालाई देश र जनताको पक्षमा, कानूनी राजको पक्षमा, सुशासन, भ्रष्टाचार नियन्त्रणका पक्षमा लैजानुपर्छ ।”