१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको वास्तविकता चितवनवासीले बुझिसके, मंसिरको उल्टो परिणाम आउँछ: नेता श्रेष्ठ



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गर्नुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चरकर्मीहरुसँगको कुराकानीमा उहाँले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गर्नुभयो । उहाँले मंसिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताउनु भयो ।

उहाँले सभापति लामिछानेको पार्टी आफैँ अस्थिर बनिरहेको र सरकारलाई दएको विश्वासको मतको कारणहरु जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरु गरिरहेकाले जनताले स्पट बुझिसकेको बताउनु भयो । नेता श्रेष्ठले वैशाख १० गतेको निर्वाचनमा मंसिरको उल्टो परिणाम आउने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक रुपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने स्थितिमा गएका छन् । कसले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउन पर्दैन, किन सरकारलाई समर्थन गरेको भनेर खुलाउनु नपर्ने, के कारणले हो भन्नेकुरा जनतालाई भन्नु नपर्ने, पार्टीबाट निर्णय गर्नुपनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ ।

मंसिरको उल्टो परिणाम अब आउनेछ । सत्ता साझेदार दलहरुको साझा उम्मेदवार म हुन्छु भन्नेकुरामा विश्वस्त छु । तत्कालीन उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्थ्यो, उहाँले प्रचारबाजी गर्नुभयो । फण्डाहरु दिनुभयो, त्यो फण्डामा एक पटक होकि त भनेर चितवनका जनताहरु झुक्किएको अवस्था थियो । अहिले पूर्णरुपमा उसका गतिविधिबाट राम्रोसँग उसको वास्तविकता बुझे । नाकको डाँडी भाच्ने भन्नेले जनताले बुझेका छन्, कसको रहेछ नाकको डाँडी भाँच्नुपर्ने जनताले बुझेका छन् ।’

नेता श्रेष्ठले चितवनका जनता शिक्षित रहेकाले सभापति लामिछानेको वास्तविकता बुझिसकेको बताउनु भयो ।