१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा २ मा राजेन्द्र महतोले चुनाव लड्ने



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो बारा–२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लड्ने लड्ने हुनुभएको छ ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–२ मा पराजित महतोलाई लोसपाले बारा–२ मा उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा–३ बाट निर्वाचित महतो गत मंसिर ४ गतेको निर्वाचनमा उक्त निर्वाचन क्षेत्र छाडेर सर्लाही–२ बाट उम्मेदवार बन्नुभएको थियो । उहाँलाई नेकपा ९माओवादी केन्द्र० को निर्वाचन चिह्न लिएर उम्मेदवार बन्नुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले २ हजार ११ मत अन्तरले पराजित गर्नुभएको थियो ।

बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।

जनता समाजवादी पार्टी ९जसपा० ले बारा–२ बाट अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ । यादवलाई नेपाली कांग्रेसले सघाउने निर्णय गरिसकेको छ ।

यादव गत चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुनभएको थियो ।

जनमत पार्टीका अध्यक्ष राउतले बारा–२ बाट उम्मेदवार बनाउन भन्दै नेकपा ९माओवादी केन्द्र० का शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसक्नुभएको छ ।

४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाह ३५४ मतान्तरले पराजित हुनुभएको थियो ।