• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग ★   नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण ★   रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल ★   काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड ★   नेप्से परिसूचकको ओरालो यात्रा जारी ★   नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह ★   पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन ★   दुबईमा वर्षाले विजोग, अस्तव्यस्त बनायो दैनिकी ★   आईपीएलको १६ औं वार्षिकोत्सवः पहिलो छक्का कसले हिर्काएका थिए ? ★   आर्मीले जित्यो कालिका कप राष्ट्रिय भलिबलको उपाधि

बारा २ मा राजेन्द्र महतोले चुनाव लड्ने



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो बारा–२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लड्ने लड्ने हुनुभएको छ ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–२ मा पराजित महतोलाई लोसपाले बारा–२ मा उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा–३ बाट निर्वाचित महतो गत मंसिर ४ गतेको निर्वाचनमा उक्त निर्वाचन क्षेत्र छाडेर सर्लाही–२ बाट उम्मेदवार बन्नुभएको थियो । उहाँलाई नेकपा ९माओवादी केन्द्र० को निर्वाचन चिह्न लिएर उम्मेदवार बन्नुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले २ हजार ११ मत अन्तरले पराजित गर्नुभएको थियो ।

बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।

जनता समाजवादी पार्टी ९जसपा० ले बारा–२ बाट अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ । यादवलाई नेपाली कांग्रेसले सघाउने निर्णय गरिसकेको छ ।

यादव गत चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुनभएको थियो ।

जनमत पार्टीका अध्यक्ष राउतले बारा–२ बाट उम्मेदवार बनाउन भन्दै नेकपा ९माओवादी केन्द्र० का शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसक्नुभएको छ ।

४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाह ३५४ मतान्तरले पराजित हुनुभएको थियो ।