६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६औँ पटक मन्त्री बन्दै शरतसिंह भण्डारी ,श्रममन्त्री बन्ने



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं सांसद शरतसिंह भण्डारी मन्त्री बन्ने हुनुभएको छ । उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने हुनुभएको हो । सत्ता साझेदार दलहरुबीच भएको भागबन्डामा लोसपाले उक्त मन्त्रालयल पाएको छ । लोसपाले भण्डारीलाई सरकारमा पठाउने भएको हो ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बसेको बैठकमा लोसपालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिने सहमति भएको थियो ।

भण्डारी गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । पञ्चायतकालमा पनि मन्त्री बनिसक्नुभएका भण्डारी १६औँ पटक मन्त्री बन्दै हुनुहुन्छ ।