१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६औँ पटक मन्त्री बन्दै शरतसिंह भण्डारी ,श्रममन्त्री बन्ने



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं सांसद शरतसिंह भण्डारी मन्त्री बन्ने हुनुभएको छ । उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने हुनुभएको हो । सत्ता साझेदार दलहरुबीच भएको भागबन्डामा लोसपाले उक्त मन्त्रालयल पाएको छ । लोसपाले भण्डारीलाई सरकारमा पठाउने भएको हो ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बसेको बैठकमा लोसपालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिने सहमति भएको थियो ।

भण्डारी गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । पञ्चायतकालमा पनि मन्त्री बनिसक्नुभएका भण्डारी १६औँ पटक मन्त्री बन्दै हुनुहुन्छ ।