११ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता



अ+ अ-

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई खुवाउने गरेको छ । रासस