• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, शुभमन गिल र रिंकु सिंह परेनन् ★   उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको छ: केपी ओली ★   इलामवासीको विश्वास र भरोसा मर्न दिनेछैन – सुहाङ ★   प्रमाणपत्र ग्रहणपछि सुहाङले भने – तपाईँहरुको शीर कहिल्यै पनि झुक्न दिनेछैन ★   गर्मी बढेसँगै चितवनमा रगतको अभाव, रक्तदान गर्न अपिल ★   अडिसनमा फेल भएपछि अन्तिम समयमा नाटकबाट हटाइयो, आज बलिउडका सुपरस्टार ★   गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै ★   गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु ★   यी हुन् आईपीएलमा तहल्का पिट्ने खेलाडी जसले दक्षिण अफ्रिकाबाट टी–२० विश्वकप खेल्दैछन् ★   पृथ्वीराजमार्ग विस्तार: मुआब्जा बुझाइयो तर घर भत्काइएन

सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै



दाङ । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन गरिएको छ ।

डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रु १२ र निकासी कर प्रतिकिलो रु १२ राजस्व तिर्ने गरेका छन् । “वन समूहबाट वार्षिकरुपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ”, उहाँले भन्नुभयोे ।

जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गर्दैआएका छन् । तर बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्दा रुख गर्न थालेका स्थानीयले बताएका छन् । वन समूहले खोटो बिक्री गरेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बङ्गलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले जानकारी दिनुभयो । सो वन समूहले यस वर्ष करिब रु दुई लाख ५० हजारको खोटो बिक्री गरेको छ । उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो रु १२ का दरले खोटो खरिद गर्दैआएको छ । वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुङ्गा सामुदायिक वन समूहले यस वर्ष करिव २२ हजार पाँच सय किलो खोटो बिक्री गरेको छ ।

वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो सङ्कलन गर्छ । खोटो मात्र निकाल्दा रुखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रुखलाई असर गर्ने गरेको छ । “रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ । आगोले भेटे रुख मर्छ”, उहाँले भन्नुभयोे, “खोटो निकाल्दैमा रूख केही हुँदैन, आगोबाट भने बचाउनु पर्छ ।”

त्यसैगरी वडा नं ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगर बताउनुहुन्छ । सल्लाको रुखबाट वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो सङ्कलन गर्ने गरिन्छ । “चिसो मौसममा खोटो कम निस्किन्छ, गर्मी याममा खोटो सङ्कलन गरिन्छ”, उहाँले भन्नुभयो । बङ्गलाचुली–८ मा ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा सामुदायिक वन समूहले खोटो सङ्कलन गर्दैआएका छन् । रासस