११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

विपद्का घटनामा ‘खोज तथा उद्दारकर्ता पहिले’ मान्यता स्थापित

विपद्का घटनामा ‘खोज तथा उद्दारकर्ता पहिले’ मान्यता स्थापित
अ अ+ अ-

काठमाडौँ । निवर्तमान गृहमन्त्री खगराज अधिकारीको झण्डै दुई साताको कार्यकालमा शान्ति सुरक्षा, अमन चयन, विपद व्यवस्थापन र सुशासन कायम गर्नेतर्फ सकारात्मक कार्यको थालनी भएको छ ।  सो अवधिमा विपद्का घटनामा ‘खोज तथा उद्दारकर्ता पहिले’ भन्ने मान्यतालाई स्थापित गराउन गृहमन्त्री तथा सुरक्षा प्रमुखले हेलिकोप्टरबाट निरीक्षण गर्ने भन्दा सम्बन्धित खोज तथा उद्दार जनशक्ति र विपद् विज्ञलाई घटनास्थलमा पठाउने र ‘कमाण्ड पोष्ट’बाट समन्वय तथा निर्देशन दिने जनमैत्री कार्यमुखी उन्मुख पद्धतिको शुरुगरिएको छ ।

देशभरका सबै स्थानीय तहका  छ हजार ७४३ वडामा न्यूनतम उद्दार सामग्री तत्काल प्रयोग गर्न सक्ने अवस्थामा भण्डारण गर्ने व्यवस्था मिलाउन निर्देश गरिएको नेता अधिकारीको सचिवालयले जनाएको छ । गत जेठ २१ र २७ गते नियुक्त मन्त्रीहरु प्रतिनिधिसभाको विघटन भएको स्थितिमा सर्वोच्च अदालतको यही असार ९ गतेको अन्तरिम आदेशले पदमुक्त हुनुभएको थियो ।

नेकपा (एमाले) का नेता अधिकारीले गृहमन्त्रीमा रहँदाको छोटो अवधिमा नेपालको संविधानको मूल मर्म अनुसार प्रदेश सरकारका  आन्तरिक मामिला तथा कानूनमन्त्री सामूहिक छलफल गरी सहकारिता, समन्वय र सहअस्तित्वका सिद्धान्त अनुसार तीन तहका सरकारबीच समन्वय गरी शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा एकीकृत रुपमा काम गर्ने प्रतिबद्धता र समझदारी कायम गराउनुभएको छ । 

अधिकारीले मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा अग्रपंक्तिमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको तत्काल निरीक्षण एवं ब्रिफिङ लिई यस्ता जिम्मेवारीलाई प्रविधिमैत्री बनाउन, अनुसन्धानलाई थप वस्तुनिष्ठ बनाउन सबै प्रदेशबाट हुने व्यवस्था मिलाउन निर्देशन दिई कार्ययोजना तयार गर्न लगाउनुभएको उहाँको सचिवालयले जनाएको छ । यही बीचमा सिन्धुपाल्चोक, मनाङ, कास्की, म्याग्दीलगायतका जिल्लामा बाढी, पहिरो तथा मनसुनजन्य विपदमा खोज, उद्धार र राहत वितरणलाई व्यवस्थित बनाउनाका साथै राहात तथा खाद्य सामग्री उपलब्ध गराउन सहजीकरण गरिएको थियो ।

उहाँले नेपालको अन्तर्राष्ट्रिय सिमानाको सुरक्षार्थ खटिने थप ‘बोर्डर आउट पोष्ट’ स्थापना गर्न सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्भेक्षणलाई अघि बढाउनुभएको थियो भने मनसुनपूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना,२०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याउनुभएको थियो । 

यस्तै दीर्घकालीन रुपमा विपद् क्षति न्यूनीकरण एंव प्रतिकार्यको पूर्वतयारीका लागि ‘डिजाष्टर रिस्क म्यापिङ’ कार्य शुरु गरिएको, विपद जोखिम वित्तिय व्यवस्थापन  रणनीति,  २०७८ स्वीकृत गरी कार्यान्वयनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको र     आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माणसम्बन्धी कार्यविधि, २०७८ निर्माण गरिएको जनाइएको छ । यसैगरी, नागरिक एपको प्रणालीलाई सुधार गरिएको जनाइएको छ ।