२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनातन धर्म संस्कृति र परम्पराको रक्षाका निम्ति संघर्षमा उत्रनुको विकल्प छैन – कमल थापा



file photo
अ+ अ-

काठमाडौँ । राप्रपा नेपालले सनातन धर्म संस्कृतिका पक्षधरलाई संयुक्त र एकतावद्ध संघर्षको तयारीमा जुट्न आह्वान गरेको छ ।

सनातन धर्म संस्कृति र परम्पराको रक्षाका निम्ति संघर्षमा उत्रनु वाहेक अर्को विकल्प नरहेको भन्दै राप्रपा नेपालले सनातन धर्म संस्कृतिका पक्षधर धार्मिक संस्था, स्वामी, गुरु, पण्डित, पुरोहित र आमजनतालाई एकतावद्ध संघर्षको तयारीमा जुट्न आह्वान गरेको हो ।

सो पार्टीका अध्यक्ष कमल थापाले एक वक्तव्य जारी गर्दै २०७८ सालमा भएको पछिल्लो जनगणनामा हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरुको संख्या निकै घटेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग समेत गर्नुभएको छ ।

‘२०७८ सालमा भएको पछिल्लो जनगणनामा हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरुको संख्या निकै घटेको हल्ला छ सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु ।’ विज्ञप्तीमा भनिएको छ ।

धर्मनिरपेक्षताको आडमा धर्मपरिवर्तन गर्न गराउन पश्चीमा मुलुकहरूले करोडौं डलर लगानी गरिरहेको भन्दै केही प्रमुख दलहरुले धर्मपरिवर्तनलाई संरक्षण प्रदान गरिरहेको आरोप समेत राप्रपा नेपालले लगाएको छ ।