२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज आर्थिक अपराधमात्रै नभई सामाजिक अपराध पनि हो – प्रदीप पौडेल(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मिटरब्याज आर्थिक अपराधमात्रै नभइ सामाजिक अपराध पनि भएको बताउनु भयो ।

उहाँले मिटरब्याजीहरुले कानूनी राज्यको उपहास गरिरहेको भन्दै त्यस्तो क्रियाकलाप स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मिटरब्याज आर्थिक अपराध मात्र होइन यो विषय सामाजिक अपराध हो । पहिलो त यो सरासर कानून उल्लंघन गरेर आम विपन्न जनताको अभाव र कानूनी ज्ञानको पहुँचबिहीनतालाई दुरुपयोग गरेर न्युनतम पनि ३ गुणा बढीको तमसुक गराइ किसानलाई उसको भूमिदेखि नै बेदख्खल गर्ने कार्य स्वतः कानूनी राज्यको उपहास हो । यो कुनैपनि न्यायपूर्ण समाजमा स्वीकार्य हुन सक्दैन ।

मिटरब्याज अन्य दर्जनौँ सामाजिक अपराधको कारण समेत हो । पीडितहरु मिटरव्याज साहुकै योजनामा लागु औषध कारोबार गरेर जेलमा परेका विषय सार्वजनिक भएका छन् । महिलालाई यौन शोषण गरेको सुन्नमा आएको छ ।’

उहाँले मिटरब्याज अन्य सामाजिक अपराधको समेत कारण बनेको भन्दै यो समस्यालाई समाधान गर्नुपर्ने बताउनु भयो ।