२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 1.54

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जियमद्वारा जर्मनी पराजित



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण खेलमा बेल्जियमले जित निकालेको छ । गएराति भएको खेलमा बेल्जियमले जर्मनीलाई ३–२ गोलले पराजित गरेको हो ।

बेल्जियमलाई जित दिलाउन यानिक कारास्को, रोमेलु लुकाकु र केभिन डी ब्रुएनाले एक–एक गोल गरे । घरेलु टोली जर्मनीका निकलास फुल्कवर्ग र सर्ज जीनाब्रीले एक–एक गोल फर्काए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

खेलको छैटौं मिनेटमा नै कारास्कोले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । नवौं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । ४४ औं मिनेटमा फुल्कवर्गले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई २–१ को स्थितीमा ल्याए ।

यता ७८ औं मिनेटमा डि ब्रुएनाले गोल गर्दा बेल्जियम ३–१ को स्थितीमा रह्यो । ८७ औं मिनेटमा जर्मनीका जीनाब्रीले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।