२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं ।भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरीमा खेलेको हो । खेलमा पहिलो अग्रता भने भुटानले लियो । फितलो प्रदर्शन गरेको नेपालले खेलको पहिलो हाफमा नै एक गोल खायो ।

खेलको २० औँ मिनेटमा नै भुटानले अग्रता लियो । भुटानका दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडमार्फत गोल गरे । एक गोल फर्काउन पनि नेपाललाई खेलको ९० औँ मिनेट कुर्नुपर्‍यो । खेलको ९० औँ मिनेटमा नेपाललका दीपकराजसिंह ठकुरीले एक गोल फर्काएपछि खेल १–१ गोलको बराबरी सकियो ।

यसअघि चैत ८ गते भएको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले परािजत गरेको थियो । त्यतिबेला नेपालको जितमा जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए ।

यस खेलसँगै अब फाइनल खेलमा नेपाल र लाओस भिड्ने पक्का भएको छ । नेपाल चार अङ्कसहित शीर्ष स्थानमा छ भने लाओस तीन अङ्काका साथ दोस्रो स्थानमा छ । यस खेलसँगै भुटान एक अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरियो ।

फाइनल खेल यही चैत १७ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् । रासस