१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को आकस्मिक बैठक, मिटरव्याज पीडीतको समस्यामा छलफल हुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा मिटरव्याज पीडीतको समस्या समाधानका विषयमा छलफल हुने बताईएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणको अनुसार मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भइरहेको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार र बिहीबार बस्ने गरेको छ ।