२४ श्रावण २०८३, आईतवार
,
Latest
१५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन… प्राप्त अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ माडी जाने सडकको झाडी फँडानी सुरु, वन्यजन्तु र यात्रुको सुरक्षा बढ्ने अपेक्षा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा, राजेश हमाल मुख्य निर्णायक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडभित्रको राजनीतिले हलिउडतिर लागेँ – प्रियंका चोपडा



अ+ अ-

एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले वर्षौंपछि बलिउड छोडेर हलिउड जाने निर्णयप्रति मौनता तोडेकी छिन् । मिडियालाई दिएको एक अन्तर्वार्तामा अभिनेत्रीले बलिउडमा आफ्नो इच्छा अनुसार काम नपाएको र उद्योगको राजनीतिबाट आफू निराश भएको बताइन् ।

हालै, ड्याक्स शेफर्डको पोडकास्ट शो आर्मचेयर एक्सपर्टमा, प्रियंकाले आफ्नो करियरको चरम सीमामा, बलिउड छोडेर गीत गाउन थाल्दै अमेरिकामा काम खोज्न थालेको खुलासा गरिन् । प्रियंकाले बलिउडमा आफूले पाएको कामबाट सन्तुष्ट नभएको बताइन् ।

‘म यस बारे पहिलो पटक कुरा गर्न जाँदैछु किनभने म यस बारे कुरा गर्न असुरक्षित महसुस गर्छु ।’ प्रियंकाले भनिन् ‘देसी हिट्सकी अञ्जली आचार्यले मलाई एक पटक म्युजिक भिडियोमा देखेपछि उनले मलाई फोन गरिन् । त्यतिबेला म ‘सात खून माफ’को सुटिङ गरिरहेको थिएँ । त्यसबेला अञ्जलीले मलाई अमेरिकामै म्युजिकमा करियर बनाउन चाहन्छौ ? भनी प्रश्न गरेकी थिइन् । म त्यतिबेला बलिउडबाट भाग्ने बाटो खोज्दै थिएँ ।’

प्रियंका अगाडि भन्छिन् ‘म यहाँबाट निस्कने बाटो खोज्दै थिएँ । मलाई इन्डस्ट्रीमा एउटा कुनामा धकेलियो । मानिसहरूले मलाई कास्ट गरेका थिएनन् । मसँग मानिसहरूको गुनासो थियो । म त्यस्ता खेलहरू खेल्न राम्रो छैन । म राजनीतिबाट थाकेको थिएँ र मलाई विश्राम चाहिएको थियो ।’

प्रियंकाले संगीत क्षेत्रमा प्रवेश गरिन् । उनले पिटबुल फेरेल विलियम्स र जे जेड जस्ता अन्तर्राष्ट्रिय गायकहरूसँग काम गरिन् । तर, संगीत क्षेत्रमा उनको करियरले गति लिन सकेन । यसै क्रममा प्रियंकाले आफ्नो अभिनय राम्रो भएको महसुस गरिन् । यसपछि कसैले प्रियंका चोपडालाई अमेरिकामा अभिनयमा लाग्ने सुझाव दिए ।

प्रियंकाले एबीसी शृंखला क्वान्टिकोमा अभिनय गरेकी थिइन् जसले उनलाई विश्वव्यापी रूपमा चिनाएको थियो । अहिले प्रियंकाले अन्तर्राष्ट्रिय फिल्म र शो गर्छिन् । उनी छिट्टै सिटाडेल र लभ अगेनमा देखिनेछिन् । यसबाहेक उनको अर्को बलिउड फिल्म ‘जी ले जरा’ रहेको छ । जसमा प्रियंकासँगै आलिया र कट्रिना कैफ पनि छन् ।