४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटर ब्याज पीडितसँग वार्ता गर्न समिति गठन, प्रधानमन्त्रीले भेट्ने तयारी



अ+ अ-

काठमाडौं । एघार दिन हिँडेर काठमाडौं आई आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिसहितको वार्ता समिति गठन गर्नुभएको हो। समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले चार सदस्यीय टोलीले मिटर ब्याज पीडितसँग र प्रधानमन्त्री प्रचण्डले भेट्ने वातावरण बनाउने जानकारी दिए । प्रधानमन्त्रीको आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी रहेको उनले बताए ।

यस्तै, मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिनुभएको छ ।

आज बस्ने मन्त्रिपरिषद बैठकबाट मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी कानुनको विधेयकलाई संसदमा दर्ता गरी सम्बन्धित मन्त्रालयलाई स्विकृति प्रदान गर्ने तयारी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।