२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् ७ करोड तलब थाप्ने चार भारतीय क्रिकेटर, अन्यको कति ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले २०२२–२३ सिजनका लागि खेलाडीहरुसँग केन्द्रीय सम्झौता घोषणा गरेको छ । रविन्द्र जडेजा आइतबार राति जारी भएको सम्झौतामा बढुवा भएका छन् ।

उनी कप्तान रोहित शर्मा, विराट कोहली र जसप्रित बुमराहको ए प्लस ग्रेडमा सामेल भएका छन् । उनीहरुले ७–७ करोड रुपैयाँ पाउनेछन् । यो सम्झौता अक्टोबर २०२२ देखि सेप्टेम्बर २०२३ सम्म जारी गरिएको हो ।

यसैगरी, हार्दिक पाण्ड्या, रविचन्द्रन अश्विन, मोहम्मद शामी, ऋषभ पन्त र अक्षर पटेल ए ग्रेडमा परेका छन् । ती सबैले वार्षिक ५–५ करोड रुपैयाँ पाउनेछन् ।

हार्दिक पाण्ड्या यही ग्रेडमा फर्किँदा अक्षर पटेललाई बढुवा गरिएको छ । यस्तै, रविचन्द्रन अश्विन, मोहम्मद शामी, ऋषभ पन्त यही ग्रेडमा आफ्नो स्थान कायम राख्न सफल भएका छन् । ओपनर केएल राहुल घटुवा हुँदै बी ग्रेडमा झरेका छन् ।

ओपनर शुभमन गिल र सूर्यकुमार यादव ग्रेड बी मा बढुवा भएका छन् । शार्दुल ठाकुरलाई बी बाट सी मा धकेलिएको छ । बी ग्रेडका खेलाडीले वार्षिक ३ करोड पाउँछन् भने सी ग्रेडका खेलाडीले १ करोड पाउँछन् ।

टेस्ट स्पेशलिस्ट ब्याट्सम्यान अजिंक्य रहाणे, फास्ट बलर इशान्त शर्मा, भुवनेश्वर कुमार र मयंक अग्रवाल केन्द्रीय सम्झौताबाट बाहिरिएका छन् ।