१२ मंसिर २०८१, बुधबार
,
Latest
रास्वपाका नेताविरुद्धको मुद्दामा सर्वोच्चले मगायो भाषणको पूर्णपाठ तपाई आफ्नो सच्चा मित्र को हो भनेर चिन्न सक्नुहुन्न भने यी ५ संकेतहरुबाट हेर्नुहोस् महिलालाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ रास्वपाका प्रमुख सचेतक परियारले भेटे प्रधानमन्त्री रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् ७ करोड तलब थाप्ने चार भारतीय क्रिकेटर, अन्यको कति ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले २०२२–२३ सिजनका लागि खेलाडीहरुसँग केन्द्रीय सम्झौता घोषणा गरेको छ । रविन्द्र जडेजा आइतबार राति जारी भएको सम्झौतामा बढुवा भएका छन् ।

उनी कप्तान रोहित शर्मा, विराट कोहली र जसप्रित बुमराहको ए प्लस ग्रेडमा सामेल भएका छन् । उनीहरुले ७–७ करोड रुपैयाँ पाउनेछन् । यो सम्झौता अक्टोबर २०२२ देखि सेप्टेम्बर २०२३ सम्म जारी गरिएको हो ।

यसैगरी, हार्दिक पाण्ड्या, रविचन्द्रन अश्विन, मोहम्मद शामी, ऋषभ पन्त र अक्षर पटेल ए ग्रेडमा परेका छन् । ती सबैले वार्षिक ५–५ करोड रुपैयाँ पाउनेछन् ।

हार्दिक पाण्ड्या यही ग्रेडमा फर्किँदा अक्षर पटेललाई बढुवा गरिएको छ । यस्तै, रविचन्द्रन अश्विन, मोहम्मद शामी, ऋषभ पन्त यही ग्रेडमा आफ्नो स्थान कायम राख्न सफल भएका छन् । ओपनर केएल राहुल घटुवा हुँदै बी ग्रेडमा झरेका छन् ।

ओपनर शुभमन गिल र सूर्यकुमार यादव ग्रेड बी मा बढुवा भएका छन् । शार्दुल ठाकुरलाई बी बाट सी मा धकेलिएको छ । बी ग्रेडका खेलाडीले वार्षिक ३ करोड पाउँछन् भने सी ग्रेडका खेलाडीले १ करोड पाउँछन् ।

टेस्ट स्पेशलिस्ट ब्याट्सम्यान अजिंक्य रहाणे, फास्ट बलर इशान्त शर्मा, भुवनेश्वर कुमार र मयंक अग्रवाल केन्द्रीय सम्झौताबाट बाहिरिएका छन् ।