४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्ने तीन जना जेल चलान



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान भएका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटी तिरेर रिहा हुन आदेश दिएको थियो। तर, धरौटी नतिरेपछि उनीहरूलाई जेल चलान गरिएको हो ।

गत मंगलबार नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी एक कार्यक्रममा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले नाराबाजी गरेका थिए ।

उनीहरूले प्रहरीसँगको बयानमा आफूहरू नेपाल स्वतन्त्र युवा अभियानका अभियन्ता रहेको बताएका छन्।