• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

रोनाल्डो चम्किँदा लक्जेम्वर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल



एजेन्सी । पोर्चुगलले युरो छनोटमा सानदार जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले घरेलु टोली लक्जेमवर्गमाथि उसकै मैदानमा ६–० को सानदार जित निकालेको हो ।

पोर्चुगललाई फराकिलो जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा जोआओ फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो र राफयल लियोले एक–एक गोल गरे ।

पोर्चुगलले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल गरेको हो । जितसँगै पोर्चुगलले समूह ‘जे’ मा लगातार दोस्रो जित निकाल्दै २ खलेबाट ६ अंक जोडेको छ । पराजित लक्जेमवर्ग १ अंक जोडेर पाँचौं स्थानमा छ ।