९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा कोभिड–१९ सम्बन्धित मस्तिष्कजन्य रोगबाट १० प्रतिशतभन्दा बढी बालबालिकाको मृत्यु



अ+ अ-

एजेन्सी । जापानको स्वास्थ्य मन्त्रालयको एक अध्ययन टोलीले हालै सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणको निष्कर्षमा कोभिड–१९ को सङ्क्रमणपछि मस्तिष्कसम्बन्धी कडा रोगका लक्षण भएका १० प्रतिशतभन्दा बढी जापानी युवाको मृत्यु भएको देखिएको छ ।

सन् २०२० को जनवरीदेखि सन् २०२२ को मे महिनासम्म गरिएको सर्वेक्षणमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमणसँग जोडिएको मस्तिष्कसम्बन्धी तीब्र असन्तुलनका ३४ वटा घटना फेला परेका थिए ।

उक्त टोलीले मस्तिष्कमा क्षति पु¥याएको हुन सक्ने कुनै पनि अवस्था भएका ३१ जना बिरामीको अध्ययन गरेको थियो । ती ३१ जना बालबालिकामध्ये १९ जना पूर्ण रुपमा निको भए, तर तीमध्ये चार जना निको भएनन् र अन्य आठ जनामा समस्या देखिएको छ ।

आठजनामध्ये पाँच जनालाई गम्भीर नकारात्मक असर देखिएको र बेहोस भएको बताइएको छ ।

सर्वेक्षणका अनुसार लगभग आधा बिरामीमा भएको वेहोस, चेतनामा ह्रास आउनु र बोली वा व्यवहारमा आएको परिवर्तन मुख्य प्रारम्भिक लक्षणहरू थिए ।

सन् २०२२ को जनवरी वा त्यसपछि ओमिक्रन कोरोना भाइरसको लहर सामान्य भएपछि अधिकांश व्यक्तिले तीव्र तीब्र असन्तुलनको अनुभव गरेका थिए ।

सन् २०२२ भन्दा अघि र पछि मस्तिष्कमा लक्षण देखिएका कोभिड–१९ सङ्क्रमण भएका बालबालिकाको अनुपातमा भने कुनै उल्लेखनीय भिन्नता नदेखिएको र ओमिक्रनले मस्तिष्कको रोगलाई प्रकट हुने सम्भावना बढी बनाएको हुन सक्ने अध्ययनले देखाएको छ ।




भर्खरै