१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैनः उपसभापति खड्का

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैनः उपसभापति खड्का
file
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताउनुभएको छ ।

आईतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताउनुभएको हो । उहाँले गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको बताउनु भयो । उहाँले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेसले औपचारिक रुपमा कुनै निर्णय गरेको छैन । नेपाली काँग्रेस मात्रै होइन कुनैपनि दलले कुन मन्त्रालय लिएर सहभागि हुने भन्ने बारेमा अन्तिम निर्णय भइसकेको छैन । अहिले सबैकुरा छलफलको क्रममा छ । छलफल घनिभुत रुपमा प्रधानमन्त्रीले समन्वय गरेर गरिरहनुभएको छ । गठबन्धन दलका नेताहरुसँग पनि छलफल भइराखेको छ । अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालयमा सहभागि हुने भन्ने कुरा टुंगो लागेको छैन । नेपाली काँग्रेस पार्टीको तर्फबाट औपचारिक रुपमा को–को जाने, कसले नेतृत्व गर्ने भन्ने बारेमा औपचारिक निर्णय भइसकेको छैन ।’

उहाँले आगामी ३ दिन भित्रमा सरकारले पूर्णता पाउने बताउनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलहरुसँग संवाद गरिरहेको भन्दै ३ दिनभित्रमा सरकारले पूर्णता पाउने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धनको बैठक प्रत्येक दिन बसिराखेको छ । कहिले सबै दलका नेताहरु बस्नुहुन्छ । कहिले त्यसमध्येका केही नेताहरु बस्नुहुन्छ । कहिले प्रधानमन्त्रीले गठबन्धनसँग जोडिएका विश्वासको मत दिने दल र त्यो विश्वासका मत दिदाँ गठबन्धनमा छौँ भन्ने दलहरुका बीचमा प्रधानमन्त्रीले संवाद गरिरहनुभएको छ । मलाई लाग्छ अब उहाँले ४/५ दिनमा हामी यसलाई टुंग्याउँछौ भन्नुभएको थियो विश्वासको मत दिएपछि । त्यही स्पिडमा काम भइराखेको छ । मलाई लाग्छ सम्भवतः २/३ दिन भित्रमा यसले पूर्णता पाउँछ ।

सहमतिमा, सबैको सहभागिता, सबैको उचित प्रतिनिधित्व हुने गरी हामी सहमतिको आधारमा यो कुरालाई टुंग्याउँछौँ । हाम्रो बिचमा अहिले सरकार बिस्तारको बारेमा भइरहेको छलफलमा कहीँपनि दायाँबायाँ छैन । कसैको बीचमा असहमति पनि छैन । कसैको नकारात्मक कुरा पनि छैन ।’

उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार बिस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गर्नुभयो । सबैको सहभागिता र उचित प्रतिनिधित्व हुनेगरी सबैको सहमतिमा सरकारलाई पूर्णता दिइने उहाँको भनाई छ ।