• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

प्रधानमन्त्रीपुत्री गंगाले एकैछिनमा किन गरिन् फेसबुक पोस्ट ‘इडिट’ ?



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले फेसबुकमा ‘अपरिपक्व’ पोस्ट गरेकी छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेकी उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा फ्लडलाइट जडान भएको भन्दै ‘एडिटेड तस्बिर’ राखेकी थिइन् । तर आफ्नो पोस्टमा कमेन्टहरु देखेपछि उनले सोही तस्बिरलाई यथावत राखेर लेखेको ‘क्याप्सन’लाई फेरबदल गरेकी हुन् ।

एक प्रयोगकर्ताले ‘लाईट त लगायो होला तर तल यस्तो हरीयाली कसरी भयो ?’ भन्दै प्रश्न गरेका छन् । यस्तै अर्का प्रयोगकर्ताले ‘यस्तो छ र त्रिवि क्रिकेट मैदान ? के यो सत्य कुरा हो ? भनी प्रश्न गरेका छन् ।

गंगाले पहिलो इडिट नगरेको पोस्टमा लेखेकी थिइन् , ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न ।’

त्यसको केही समयपछि नै उनले क्याप्सन बदलेर यस्तो बनाएकी छन् – ‘सम्माननीय प्रधानमंत्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न गर्नका लागी राष्ट्रिय खेलकुद परिषदले प्रक्रिया अघि बढाएको छ। द्रुत गतिमा सम्पन्न भए पश्चात् रंगशाला यो आकारमा देखिनेछ ।’