• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   साहिल चौहानले टी-२० आईको सबैभन्दा छिटो शतक बनाए, नेपालविरुद्ध नामिबियाका इटनले बनाएको कीर्तिमान तोडे ★   मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण ★   आज पनि बजेटमा मन्त्रालयगत छलफल जारी ★   इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भङ्ग ★   युरो कपः फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी ★   ४ ओभर, ४ मेडन र ३ विकेटः न्युजिल्यान्डका बलरले टी-२० विश्वकपमा रचे इतिहास ★   भिजिट भिसाका नाममा घरेलु कामदारमा जान खोज्नेलाई फर्काइँदै ★   घरका मठमा तुलसीको दल राखिँदै ★   मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने ★   मोरङको ग्रामथान पालिकाका अध्यक्ष गच्छदारको निधन

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिमण्डल भागबन्डा लगायतका विषयमा छलफल हुने



फाईल फोटो

काठमाडौं । सत्ता साझेदार दश दलीय गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल हुने बताईएको छ । यद्यपी, बैठकको समय भने तय भइसकेको छैन ।

आज शीर्ष छलफलबाट नै प्रधानमन्त्री प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका बताईएको छ । शनिबार बसेको माओवादीको पदाधिकारी बैठकले सोमबारसम्ममा सरकारलाई पूर्णता दिनुपर्ने सुझाव दिएको थियो ।

दश दलीय गठबन्धनमा कांग्रेसले ८, माओवादीले प्रधानमन्त्रीसहित ५ मन्त्रालय पाउने सहमति भएको बताईएको छ । यस्तै, नेकपा एस र जसपाले ३–३ मन्त्रालय दाबी गरेका छन् ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन , जनमत, लोसपा, नागरिक उन्मुक्ति, आम जनता, नेपाल समाजवादी पार्टीलाई एकएक मन्त्रालय दिने तयारी रहेको बताईएको छ ।