काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको बताएका छन् ।
आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले प्रधानमन्त्रीले विश्वासको मत पाएको लामो समय बित्दा पनि मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको बताएका हुन् ।
‘दलहरूबाट धेरै उपप्रधानमन्त्री दाबी भइरहेको छ । प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत पाएको धेरै दिन भयो । तर मन्त्रिमण्डल विस्तार गर्न सरकारले सकिरहेको छैन’, पौडेलले भने ।
उपाध्यक्ष पौडेलले गत पुस १० को गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेलाई धोका दिएको बताए ।उनले भने , ‘चुनावी गठबन्धनबाट सरकार बन्न नसक्ने भएपछि उहाँलाई केही सर्तसहित हामीले उहाँलाई साथ दियौं । तर उहाँले धोका दिएर जानुभयो,’ ।