११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग

गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग
अ अ+ अ-

कास्की । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । 

विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आफैँ झरेको  देख्दा अचम्भित बन्नुभयो ।

साढे दुई वर्षको मिनिजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुई÷ दुई लिटरका दरले दूध दिन थालेपछि यतिखेर उहाँको घरमा गाई हेर्न छिमेकीहरु पुग्न थालेका छन् । उहाँले भन्नुभयो, “दूध भने कहिल्यै पनि फाटेन । अहिले खाएर बाँकी रहेको दूध दही बनाएर मोत्था घ्यू पनि राम्रो लाग्ने गरेको छ ।”

गाई नव्याउँदै दूध दिने विषय बिरलै हुने गरेको बताउने पशु चिकित्सक डा मधु तिमिल्सिना हर्मनको कारणबाट यस्ता दुर्लभ घटना हुने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन । उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोगेस्टोन हर्मन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नव्याउँदै दूध दिन थालेको हो,” उहाँले भन्नुभयो, “यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्नु पर्दछ ।”

नब्याउँदै गाईले दूध दिन थालेपछि दङ्ग परेका निर्मलपोखरी गाविसका पूर्व उपाध्यक्ष समेत रहनु भएका पौडेल र उहाँकी श्रीमती सीतालाई यतिखेर गाई हेर्न आउने छिमेकीलाई गाईका बारे बताउन भ्याइनभ्याइ छ । गोठमा दुई वटा ब्याउने भैंसी भएर पनि गाई पाल्ने इच्छा जागेको कारण आफूले बाच्छीको खोजीमा रहेको बेला स्थानीय दलित समुदायका एक व्यक्तिमार्पmत २०७६ पुस १७ गते ल्याएर गोठमा बाँधिएको हो ।

 वेवारिसे अवस्थाको गाईको बाच्छी ल्याइदिने उनलाई पौडेलले एक हजार रुपैयाँ पारिश्रमिक समेत दिनुभएको थियो ।शुरुमा राम्रो आहारा एवं पानी समेत पर्याप्त नखाएको आवस्थामा फेला परेको बाच्छी गोठमा ल्याएपछि भने राम्रै स्याहारसुसार पाएको सीताले जानकारी दिनुभयो । दुब्लो, हिंड्डुल गर्न समेत खासै नसक्ने कमजोर अवस्थाको बाच्छीले शुरुको दिनमा  पानी समेत नखाएकै कारण बाख्राको जुत्तो जस्तै गोट्टा दिसा गरेको बताउँदै उहाँले आफूहरुले स्याहारसुसार गर्न थालेपछि दिन प्रतिदिन राम्रो हुँदै गएको अनुभव सुनाउनुभयो ।

छिमेकमै जन्मेको सो बाच्छी माया नपाएपछि व्यवारिसे बनेको प्रत्यक्ष देख्ने स्थानीयवासी अहिले भने नब्याउँदै दूध दिन थालेपछि दङ्ग परेका छन् । त्यसअघि सो बाच्छी करीब ४५ दिनसम्म पोखरा १७ स्थित विरुवा फाँटमा खुल्ला आकाशमुनि बस्न बाध्य थियो । पशुहरु आफू हेलित भएपनि स्याहारसुसार पाएमा बहुगुणी हुन्छन् भन्ने तथ्यलाई यसले पुष्टि गरेको स्थानीयवासी पण्डित कृष्णप्रसाद पौडेले बताउनुभयो ।

बाच्छाबाच्छी हुर्काउनभन्दा दूधलाई महत्व दिने हाम्रो समाजमा जीवन मरणको अन्तिम अवस्थामा पुगेको वेवारिसे बाच्छीले ब्याउनुभन्दा छ महिना अघि दूध दिएर समाजलाई गम्भीर भएर सोच्नु पर्ने अवस्था सिर्जना गरेको छ । “आप्mनो ६६ वर्षीय जीवनमा यस्तो पहिलो बेतै बाच्छीले नब्याउँदै दूध दिएको यसअघि नदेखेको र सुनेको पनि थिइन आज त दूध नै खाने अवसर मिल्यो”, उहाँले थप्नुभयो, “गाईको दूधमा अरुको भन्दा नमीठो भने छैन, पशुले हामीले गर्ने व्यवहारकै आधारमा सेवा दिने गर्दछन् ।”

गाई र त्यसले दिएको दूध हेर्न पौडेलको घरमा पुग्नु भएका स्थानीय वासिन्दा रामचन्द्र पौडेल, भोलानाथ पौडेल, शिव पौडेललगायतले नब्याउँदै बाच्छीले दूध दिएको देख्दा अचम्भित भएको भन्दै यस्ता घटना सञ्चारमाध्यममा यदाकदा सुन्ने गरेको भएपनि आँखाले देख्ने अवसर पहिलोपटक मिलेको सामूहिक धारणा राख्नुभयो ।