५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरी गोल्डकपको उपाधि सगरमाथालाई



अ+ अ-

सुन्दरहरैँचा । तेह्रौँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधि साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचाले जितेको छ ।

इटहरी रङ्गशालामा शनिबार सम्पन्न फाइनलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च ब्वाइज काठमाडौँलाई पेनाल्टी सुटआउटमा ६५ गोलअन्तरले पराजित गर्दै सगरमाथाले उपाधि उचालेको हो । खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

दोस्रोपटकका लागि लगातार विजेता रहेको सगरमाथा युथ क्लबका लागि पेनाल्टीमा विवेक बर्मा, स्टेफिन विनोज, राजीव लोप्चन, अभिषेक लिम्बू, मेस्सुको र महेन्द्र कार्कीले गोल गर्न सफल भए ।

त्यसैगरी चर्च ब्वाइजका लागि भने फ्रयाङ्लिङ्क ताल्ला, रञ्जीत पाण्डे, मिलन राई, बेम्पा, पिरिसोले गोल गर्दा मनोज राईको प्रहार गोलपोष्ट बाहिर गयो । सुरुमा दुवै टिमका ५–५ जनाले प्रहार गर्दा सबैको गोल भएको थियो । पेनाल्टीमा चर्च ब्वाइजका मनोजको प्रहार जालीबाट बाहिरिएपछि गत वर्षको विजेता सगरमाथाले उपाधि उचाल्न सफल भएको हो ।

नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदानमा उत्रेको सगरमाथाले उपाधिसँगै नगद रु १० लाखका साथै ट्रफी र मेडल हात पारेको छ । साथै उपविजेता चर्च ब्वाइजले रु पाँच लाख प्राप्त गरेर चित्त बुझायो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी सगरमाथाका टिम क्याप्टेन महेन्द्र कार्की घोषित भए । उनले नगद रु एक लाख र मेडल पाए । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका मौसम लिम्बू घोषित हुँदै नगद रु १० हजारसहित मेडल हात पारे ।

प्रतियोगितामा वेष्टकोच सगरमाथाका याम गुरुङ घोषित भए । उनले रु २० हजार र मेडल पाए । खेलमा आयोजक क्लबका तर्फबाट उदयीमान खेलाडी आशिष राई घोषित भए । उनले रु २० हजार पाए । साथै उत्कृष्ट गोलकिपरमा सगरमाथाका देव लिम्बू घोषित हुँदै रु २० हजारका साथमा मेडल हात पारे ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा अघिल्लो शनिबारदेखि भएको प्रतियोगितामा दुई विदेशीसहित आठ टिमले सहभागिता जनाएका थिए ।