२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णु पौडेलको दावी: सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुग्यो



अ+ अ-

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुगेको दावी गर्नु भएको छ । रोल…

शुक्रबार जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने पनि बताउनु भयो । सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो ।

निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहनु भएका उहाँले मुलुकको अर्थतन्त्र धरापमा परेको दोहोर्‍याउनु भयो । उहाँले भन्नु भयो, ‘यो सरकारले जनताका समस्या समाधान गर्न सक्ने छैन । राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान पनि छैन । तपाईहरुले देखिरहनु भएको छ–जम्माजम्मी गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने । सरकारमा कसरी पुग्ने चिन्ता थियो । अव सरकार कसरी टिकाउने । सरकार कसरी जोगाउने ? यो भन्दा अर्को चिन्ता गठबन्धनसँग कुनै छैन । यसकारणले यो गठबन्धनले देश र जनताका समस्या समाधान गर्न सक्दैन । सत्तारुढ गठबन्धन अन्तरविरोधग्रस्त बनिसकेको छ । आजै बनिसकेको छ । अहिले नै तपाई देखिरहनु भएको छ–मन्त्रालयको बाँडफाँड गर्न नसक्ने ठाउँमा अवस्थामा यो गठबन्धन पुगीसकेको छ । देशको अर्थतन्त्र एकदम धरापमा परेको छ । राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था भएको छ ।’

उपाध्यक्ष पौडेलले राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भिर नभएको आरोप समेत लगाउनु भयो । उहाँले एमाले निकट अनेरास्ववियूलाई विजयी हुनबाट रोक्न सरकारले प्रहरी प्रशासनको दूरुपयोग गरेको बताउनु भयो ।