११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

सत्ता स्वार्थका लागि विपक्षीले चुनाव रोक्न खोजेका हुन् : बिजुक्छेँ

सत्ता स्वार्थका लागि विपक्षीले चुनाव रोक्न खोजेका हुन् : बिजुक्छेँ
अ अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताउनुभएको छ । 

मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उहाँले सत्ताका लागि भागवण्डाको खेलमा लाग्ने प्रतिपक्षले सरकारको विरोध गर्नुको कुनै तुक नहुने बताउनुभएको हो ।    नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले सत्ताका लागि राजनीतिक अस्थिरतालाई कायम राख्दै चुनावी बाटोसमेत रोक्न खोजेको उहाँको तर्क थियो ।

एमालेको वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष केपी ओलीसँग मिल्नै नसक्ने भए नयाँ पार्टी बनाउन सुझावसमेत दिँदै नेमकिपाका अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सत्ताका लागि भागवण्डामा लाग्नेले सरकारको विरोध गर्ने नैतिक अधिकार हुँदैन, सधै सरकारको विरोध गरेर अस्थिरता राख्नु हुँदैन, माधव नेपालले ओलीसँग नमिलेको हो भने अलग्गै पार्टी बनाउन कसले रोकेको छ ?”

देशलाई सधै राजनीतिक अस्थिरतामा राख्नु भन्दा चुनावमा जानु नै उत्तम विकल्प भएको भन्दै उहाँले संसारका विभिन्न देशमा पनि कोभिड–१९ का बीच निर्वाचन भइरहेको भनाइ राख्नुभयो । आफ्नै नेतृत्वमा सरकार गठन गरेर चुनाव गराउने स्वार्थमा अहिले दलहरु लागेको टिप्पणी गर्दै बिजुक्छेँले भन्नुभयो,  “राजनीतिक अस्थिरताको अन्त्य गर्ने उत्तम विकल्प चुनाव मात्रै हो, चुनाव यहाँ मात्र सम्भव छैन भन्नु ठिक होइन, आफैँ सरकारमा बसेर चुनाव गराउने स्वार्थकै कारण अहिले दलहरुबिच झगडा भइरहेको छ, शासकहरू स्वच्छ मतिले बोलिरहेका छैनन् ।”

सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्तिलाई बदर गर्नुको अर्थ पनि अब निर्वाचन हुन्छ भन्ने नै हो भन्दै उहाँले चुनावबाटै निकास खोज्नुपर्ने औल्याउनुभयो । बिजुक्छेँले भन्नुभयो, “कम्युनिस्टहरुले पूँजीपति वर्गलाई कहिल्यै शासनमा ल्याउँदैनन्, तर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र माधन नेपालले नेपाली काँग्रेसलाई या शेरबहादुर देउवालाई अहिले आएर प्रगतिशील देख्नुको पछाडि केही रहस्य हुनुपर्छ ।”

उहाँले संसद र राजतन्त्र पुनस्र्थापना नहुने दाबी गर्दै भन्नुभयो, “वेस्ट मिनिस्टर सिस्टम असफल सिद्घ हुँदैछ, घुमाइफिराइ चीनको राजनीतिक व्यवस्थामा जानुको विकल्प छैन ।” बिजुक्छेँले थप्नुभयो, “शासक दलहरु भारतबाट प्रभावित भएका छन् भन्ने स्पष्ट बुझ्न सकिन्छ, आफूले भने जस्तो नगरे भारतले पुरानो खाता पल्टाउला भन्ने सबैमा डर छ, अहिले भारतको दुवै हातमा लड्डु छ, देशमा अहिले विदेशी प्रभाव छ भने त्यो दक्षिणको मात्रै प्रभाव छ ।”   

विगतमा देउवा नेतृत्वकै सरकारले माओवादीका नेताको टाउकाको मूल्य तोकेको स्मरण गराउँदै उहाँले आफ्नो टाउकोको मूल्य तोक्नेलाई नै अहिले प्रधानमन्त्री बनाउन खोज्नुको रहस्य के हो ? भनेर प्रश्न गर्नुभयो ।