• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

आईजीपी सिंहसहित ९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा



काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहित नेपाल प्रहरीका ९ जना वरिष्ठ प्रहरी अधिकृतले पनि अवकाश पाउँदैछन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले एक कार्यक्रमबीच अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च प्रहरी अधिकारीलाई बिदाइ गर्दैछ । ३० वर्षे सेवा हदका कारण उनीहरुले अवकाश पाउन लागेका हुन् ।

आईजीपी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहोनी , डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ अवकाशमा जाँदैछन् । यस्तै, प्रहरी वरिष्ठ उपरीक्षक उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि आजैबाट अवकाशमा जानेछन् ।

आजै, नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । तीन दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यमध्ये एक जनालाई सरकारले आईजीपीमा बढुवा गर्नेछ ।