५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपी सिंहसहित ९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहित नेपाल प्रहरीका ९ जना वरिष्ठ प्रहरी अधिकृतले पनि अवकाश पाउँदैछन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले एक कार्यक्रमबीच अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च प्रहरी अधिकारीलाई बिदाइ गर्दैछ । ३० वर्षे सेवा हदका कारण उनीहरुले अवकाश पाउन लागेका हुन् ।

आईजीपी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहोनी , डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ अवकाशमा जाँदैछन् । यस्तै, प्रहरी वरिष्ठ उपरीक्षक उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि आजैबाट अवकाशमा जानेछन् ।

आजै, नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । तीन दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यमध्ये एक जनालाई सरकारले आईजीपीमा बढुवा गर्नेछ ।