२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको विदेश भ्रमणबारे भारतको चासोः मन्त्री शर्मा



file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताउनुभएको छ ।

बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदुतावासमा प्रवासी नेपालीहरुसँगको भेटवार्ताका क्रममा न्युज एजेन्सी नेपालका दिल्ली प्रतिनिधिसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताउनु भयो ।

उहाँले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताउनु भयो । उहाँले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाका बाहेकका अन्य नाकाहरुमा पनि सहज आदानप्रदान हुनेगरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताउनु भयो । उहाँले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजता दिन प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताउनु भयो । उहाँले भारतमा बसेर नेपाली टेलिभिजन च्यानल हेर्न सहज बनाउनका लागि पनि भारतीय मन्त्रीहरुसँग कुरा राखेको बताउनु भयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘भारतका मन्त्रीहरुसँगको कुराकानीमा हामी भूपरिवेष्ठित राष्ट्र भएकाले समुन्द्रसम्म हाम्रो फाइबर बिछ्याउने कुरामा र सञ्चार क्षेत्रमा भएका विषयहरुमा त्यसलाई उठाएका छौँ । सुनौली नाकाबाट मात्रै धेरैजसो समान जान्छ, त्यसलाई अन्य नाकाहरु पनि सञ्चालन गर्न र हामीले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजता दिन र भारतमा बसेर नेपाली च्यानल हेर्न सहज होस् भन्नेकुरा उठाएका छौँ । नेपाल पनि डिजिटल युगमा प्रवेश गर्दैछ र भारत यसमा अगाडि छ भारतले नेपाललाई उदारताका साथ हेरोस् टेक्नोलोजी सिकाउन कुरामा भन्नेकुरा भएका छन् ।

आईटी क्षेत्रमा नेपालमा दक्ष जनशक्ति विकास गर्न आईटी क्षेत्र र साइबर क्षेत्रको अध्ययनमा भारतले हेरोस् भन्नेकुरा उठाएका छौँ, यसमा उहाँहरु सकारात्मक हुनुहुन्छ । उहाँहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो, हामीले प्रधानमन्त्रीले सम्भवतः भारतभ्रमणबाट नै विदेश भ्रमण हुन्छ भनेका छौँ । सरकारले बिस्तार पाएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ । अप्रिल महिनामा हुन्छ ।’

मन्त्री शर्माले भारतले नेपाललाई उदारताका साथ प्राविधिक विषयहरुमा सहयोग गर्न पनि आफूले आग्रह गरेको बताउनु भयो । भारत सरकार आफूले राखेका मागहरुमा सकारात्मक रहेको उहाँको भनाइ छ ।