२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनु निगमका बाबुको घरबाट ७२ लाख चोरी



अ+ अ-

एजेन्सी । चर्चित भारतीय गायक सोनु निगमका पिता अगमकुमार निगमको घरबाट ७२ लाख रुपैयाँ चोरी भएको छ । उनका पुराना चालकले यो घटना घटाएका हुन् ।

चालकले डुप्लिकेट चाबीले दराजको लकर खोलेर चोरी गरेको आरोप छ । सोनूकी बहिनीले बुधबार ओशिवारा प्रहरी चौकीमा उजुरी दिएकी थिइन्, जसपछि अहिले यस विषयमा अनुसन्धान भइरहेको छ ।

निकिताको उजुरीमा, ओशिवारा पुलिसले आईपीसी धारा ३८०, ४५४ र ४५७ अन्तर्गत चोरी र घरमा घुसपैठको लागि एफआईआर दर्ता गरेकी छन् । चालकलाई नियन्त्रणमा लिइएको छ ।

मिडिया रिपोर्टका अनुसार, एक पुलिस अधिकारीले बुधबार गायक सोनू निगमका बुबाले आफ्नो पूर्व चालक विरुद्ध घरबाट ७२ लाख रुपैयाँ चोरी गरेकोमा मुद्दा दायर गरेको जानकारी दिएका थिए । सोनूका बुबा मुम्बईको अंधेरी वेस्ट ओशिवाराको विन्डसर ग्रान्ड बिल्डिङमा बस्छन् । चालकले मार्च १९ देखि २० भित्र चोरी गरेको उनीहरुको आरोप छ ।




भर्खरै