• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

सोनु निगमका बाबुको घरबाट ७२ लाख चोरी



एजेन्सी । चर्चित भारतीय गायक सोनु निगमका पिता अगमकुमार निगमको घरबाट ७२ लाख रुपैयाँ चोरी भएको छ । उनका पुराना चालकले यो घटना घटाएका हुन् ।

चालकले डुप्लिकेट चाबीले दराजको लकर खोलेर चोरी गरेको आरोप छ । सोनूकी बहिनीले बुधबार ओशिवारा प्रहरी चौकीमा उजुरी दिएकी थिइन्, जसपछि अहिले यस विषयमा अनुसन्धान भइरहेको छ ।

निकिताको उजुरीमा, ओशिवारा पुलिसले आईपीसी धारा ३८०, ४५४ र ४५७ अन्तर्गत चोरी र घरमा घुसपैठको लागि एफआईआर दर्ता गरेकी छन् । चालकलाई नियन्त्रणमा लिइएको छ ।

मिडिया रिपोर्टका अनुसार, एक पुलिस अधिकारीले बुधबार गायक सोनू निगमका बुबाले आफ्नो पूर्व चालक विरुद्ध घरबाट ७२ लाख रुपैयाँ चोरी गरेकोमा मुद्दा दायर गरेको जानकारी दिएका थिए । सोनूका बुबा मुम्बईको अंधेरी वेस्ट ओशिवाराको विन्डसर ग्रान्ड बिल्डिङमा बस्छन् । चालकले मार्च १९ देखि २० भित्र चोरी गरेको उनीहरुको आरोप छ ।