३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुने



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने कार्यक्रम तय गरेको छ । आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गते दुई दिन छुट्याइएको छ । 

निर्वाचन कार्यक्रमअनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझसहितका प्रक्रिया पूरा गरी वैशाख १५ गते उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।

उम्मेदवारलाई नाम फिर्ता लिन चाहे वैशाख १६ गतेको समय दिइनेछ । वैशाख १६ गते साँझ ५ देखि ६ बजेसम्ममा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ । वैशाख १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिनेछ । 

आयोगका अनुसार वैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान हुने समयभन्दा ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेखि मौन अवधि लागु हुने आयोगले जनाएको छ ।