• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

राहुल गान्धीलाई जेल सजाय सुनाइएको आधा घण्टामै मिल्यो जमानत



एजेन्सी । भारतको सुरतको अदालतले बिहीबार कांग्रेस नेता राहुल गान्धीलाई ‘सबै चोरको उपनाम मोदी’ भन्ने कथनसँग सम्बन्धित मानहानीको मुद्दामा दोषी ठहर गरेको थियो ।

यो फैसलाको २७ मिनेटपछि अदालतले उनलाई २ वर्षको जेल सजाय र १५ हजार जरिवाना पनि तोकेको थियो । तर केही समयपछि सोही अदालतले उनलाई जमानत पनि दियो । साथै, सजाय एक महिनाका लागि स्थगित गरिएको छ । सुनुवाइका क्रममा राहुल अदालतमा उपस्थित थिए ।

राहुलले अदालतमा आफ्नो पक्ष प्रस्तुत गरेका थिए । उनका वकिलका अनुसार राहुलले बयान दिने क्रममा आफ्नो नियत गलत नभएको बताएका थिए । आफूले भ्रष्टाचारविरुद्ध आवाज उठाएको उनको जिकिर थियो ।

राहुल गान्धीलाई ३० दिनको लागि जमानत दिइएको छ भने उक्त फैसलाविरुद्ध उच्च अदालतमा अपिल गर्ने अनुमति पनि दिइएको छ । राहुल गान्धी आज बिहान सुरत पुगेका थिए र राज्यका शीर्ष पार्टी नेताहरूले उनलाई स्वागत गरेका थिए ।

२०१९ को लोकसभा चुनाव अघि कर्नाटकको कोलारमा एक र्‍यालीमा राहुलले आफ्नो भाषणमा ‘चोरको उपनाम मोदी हो’ भनेका थिए । उनले भनेका थिए – ‘किन सबै चोरको उपनाम मोदी हुन्छ, चाहे त्यो ललित मोदी होस् वा नीरव मोदी होस् वा नरेन्द्र मोदी होस् ।’ यस मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी तीन पटक अदालतमा हाजिर भएका थिए । २०२१ अक्टोबरको अन्तिम उपस्थितिको समयमा, उनले आफूलाई निर्दोष बताएका थिए ।